शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘आरआरआर’ त एउटा ट्रेलर मात्रै हो, साउथका आउने यी फिल्मका अगाडि बलिउडले पानी माग्नेछ ! यस्ता छन आउने फिल्म


  • शनिबार, चैत्र १९ २०७८
22.3K
SHARES

फाइल तस्विर

वर्तमान अवस्थामा हेर्ने हो भने दक्षिण भारतीय सिनेमाको शक्तिसामु बलिउड फिल्म कमजोर अबस्थामा छ । बिस्तारै बलिउडका सुपरस्टारहरुमा साउथका कलाकारहरु हावी हुन थालेका छन् ।

खासगरी बक्स अफिसमा साउथ फिल्महरूले हिन्दी बेल्टमा प्रभुत्व जमाएका छन् । बाहुबली, पुष्पा पछि अहिले आरआरआरको आँधी चलिरहेको छ । तर, यो त ट्रेलर मात्रै हो । आउने दिनमा धेरै साउथ फिल्म रिलिज हुन लागेका छन्, जसले बलिउडका ठूला चलचित्रभन्दा बढी चल्ने आकलन गरिएको छ ।
यी हुन् साउथका आगामी फिल्महरुः

केजीएफ च्याप्टर २
रकी फेरि फर्किए। यशको मल्टिस्टारर फिल्म केजीएफ च्याप्टर २ को सुनामी फेरि एक पटक सिनेमाघरमा देखिनेछ । यश, सञ्जय दत्त, रविना टण्डन, प्रकाश राज जस्ता कलाकारहरूले सजिएको यो फिल्म १४ अप्रिल २०२२ मा रिलिज हुँदैछ। प्रशान्त निलको निर्देशनमा बनेको केजीएफको बजेट १०० करोड रहेको बताइएको छ । यसको भाग १ ले बक्स अफिसमा हंगामा मच्चाएको थियो ।
लिगर
विजय देवरकोंडाका फ्यानका लागि खुसीको खबर छ । लामो समयदेखि अभिनेताको फिल्मको प्रतिक्षामा रहेका फ्यानहरूले छिट्टै लिगरमा विजय देवरकोंडाको ह्यान्डसम र एंग्री म्यान अवतार देख्नेछन्। लिगरमा विजयसँग अनन्या पाण्डे देखिनेछिन् । फिल्म २५ अगस्ट २०२२ मा रिलिज हुनेछ ।

आदिपुरुष

बाहुबलीको सफलतापछि प्रभासलाई हिट फिल्मको चाहना थियो तर फिल्म निर्माताहरूले अझै पनि प्रभासमा पैसा लगानी गर्न छाडेका छैनन् ।प्रभासका फ्यानहरुले उनीमा पुनः धमाकेदार फर्किने विश्वास गरेका छन् ।

सालार
प्रभासको आगामी फिल्ममा सालार पनि समावेश छन् ।यस फिल्ममा प्रभाससँग श्रुति हसन र जगपति बाबु देखिनेछन् ।प्रशान्त नीलले निर्देशन गरेका हुन् ।यो फिल्म तमिल, हिन्दी र मलायालम भाषामा रिलिज हुनेछ ।
बिस्ट
प्रभास, अल्लु अर्जुन, विजय देवरकोंडा बीचको पावर स्टार हुन विजय । उनको आगामी फिल्म बिस्ट हो, जसमा उनी पूजा हेगडेसँग देखिनेछन् ।
आचार्य

चिरञ्जीवी, राम चरण, काजल अग्रवाल, पूजा हेगडे, सोनु सुदको फिल्म आचार्यको लागी फ्यानहरूले लामो समयदेखि पर्खिरहेका छन् ।यो एक्सन ड्रामाको बजेट १४० करोड रहेको बताइएको छ । यो २९ अप्रिल २०२२ मा सिनेमाघरमा रिलिज हुनेछ ।

विक्रान्त रोना

साउथ सुपरस्टार किच्चा सुदीप चाडै नै स्क्रिनमा देखिने भएका छन् ।अभिनेताको आगामी फिल्म विक्रान्त रोनाको निकै चर्चा छ ।किचा सुदीपको यो फिल्ममा ज्याकलिन फर्नान्डिज पनि देखिनेछिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा