शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अहिले सम्म चुईक्क नबोलेकी करिश्माले, एमाले प्रवेश गरेपछि खुलासा गरिन् आफ्नो न्वारानको नाम


  • सोमबार, चैत्र १४ २०७८
11.9K
SHARES

फाइल तस्विर

काठमाडौं । गत साता एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आज पहिलोपटक पार्टीको आसभामा भाषण गरिन् । कपिलवस्तुमा अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बोल्ने अवसर पाएकी करिश्मा उत्साही तर नर्भस देखिएकी थिइन् ।

भाषणको सुरुमा मञ्चमा आसिन पार्टीका नेताहरूलाई सम्बोधन गर्दा नै करिश्माले गडबडी गरिन् । उनले विष्णु पौडेललाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई वरिष्ठ महासचिव भनेकी थिइन् । आफूलाई बोल्न अवसर दिएकोमा उनले आभार प्रकट गरिन् ।

‘एमालेमा म एउटा नयाँ मान्छे हो । भर्खर छिरेको मान्छेलाई बोल्न अघि सानुभएकोमा धन्यवाद । यहाँबाट थाहा हुन्छ, यो पार्टीको हृदय कति विशाल छ भनेर । यहाँ नयाँहरुलाई मौका दिइन्छ । यहाँ महिलाहरूलाई मौका दिइन्छ । त्यसैले पनि नेकपा एमाले बनेको रहेछ,’ करिश्माले भनिन्, ‘आइ एम क्वाइट इम्प्रेस्ड ।’

विगतमा जहाँ-जहाँ भौतारिए पनि आज बुझ्ने भएपछि बल्ल सही ठाउँमा आइपुगेको उनले बताइन् ।‘अब चाहिँ समाजका लागि योगदान दिन सक्छु भन्ने आत्मविश्वास जागेको छ, केही गर्ने आँट आएको छ,’ उनले भनिन् ।

छोटो भाषणको अन्त्यमा उनले एउटा नयाँ खुलासा पनि गरिन् ।‘एउटा कुरा रिभिल गरिदिउँजस्तो लाग्यो,’ उनले भनिन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है ।’

करिश्माले थपिन्, ‘सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्ने छ । लालसलाम ।’भाषण टुंग्याउँदै करिश्माले नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद, भोट केमा सूर्यमा भन्दै नारावाजी गरेकी थिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा