शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सलमानको यो तस्बिरले तहल्का मच्चाएपछि…


  • आइतबार, चैत्र १३ २०७८
13.8K
SHARES

एजेन्सी । बलिउड अभिनेता सलमान खान प्रायः कामबाट समय निकालेर आफ्नो पनवेल फार्म हाउसमा छुट्टी मनाउन जाने गर्छन् । हालै पनवेल फार्म हाउसमा छुट्टी मनाउन गएका सलमानले त्यहाँका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरेका छन् । यसमा उनी पानीमा डुबेका छन् । अभिनेताको यो तस्बिरमा बलिउड सेलिब्रेटी र फ्यानले धेरै रमाइलो कमेन्ट गरेका छन् ।

सलमान खानले सामाजिक सञ्जालमा पोस्ट गरेको फोटोमा उनी घाँटीसम्म पानीमा डुबेको देखिन्छ । उनको तस्बिरमा अभिनेत्री प्रीति जिन्टाले लेखेकी छिन्, म तिमीलाई मिस गर्दैछु । राखी सावन्त भन्छिन्,‘ओ भाइ वाह! अमृता खानविलकरले लेखेकी छिन्, ‘धेरै प्यारो’ भने टिना दत्तले कम्प्लीमेन्ट गर्दै लेखेकी छिन्, ‘हे भगवान तिमी तस्बिरमा कति प्यारो देखिन्छौ ।

सलमानका एक प्रशंसकले रमाइलो कमेन्ट गर्दै लेखेका छन्, ‘सर, अर्को फिल्ममा गोहीको भूमिका पाउनुभयो कि कसो ? फेरि अर्का फ्यान लेख्छन्, ‘भाइ होसियार हुनु, पानीमा सर्प पनि हुन्छ ।’ अर्का एक प्रशंसक भन्छन्, ‘भाइको झलक, सबैभन्दा अलग ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा