शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सलमान खानले मलाई मार्न ५० करोडको सुपारी दिएका छन्, म मारिनेछु भन्दै ट्वीट


  • बिहिबार, चैत्र १० २०७८
15.4K
SHARES

बलिउड फिल्म अभिनेता तथा समीक्षक कमाल राशिद खान (केआरके) ले आफ्नो ज्यान खतरामा भएको बताएका छन् । धेरैजसो विवादमा रहने केआरकेले एक यस्ता अभिनेतामाथि आरोप लगाएका छन् जसको नाम सुनेर सबैजना चकित परेका छन् । केआरकेले एकपटक पुनः सलमान खानमाथि आक्रमण गरेका छन् । उनले सलमानबाट आफ्नो ज्यानको खतरा रहेको बताएका छन् ।

केआरकेले थुप्रै ट्वीट गरेर यसबारे बताएका छन् । दिल्ली प्रहरी र मुम्बई प्रहरीलाई ट्याग गर्दै उनले ट्वीट गर्दै भनेका छन्, ‘आफूलाई मन्त्रीको पिए बताउने एकजना व्यक्तिले मलाई फोन गरेर सूचनाका लागि उनलाई फोन गर्न भने । उनले दिएको नम्बरमा फोन गर्दा उनले मलाई अर्को ह्वाट्सएप नम्बर दिए । उनले मेरोबारे रेकर्डिङ भएको बताए ।’

‘ती व्यक्तिले मलाई सलमान खानले मुम्बई र दिल्ली प्रहरीलाई ५० करोड भारु सुपारीको रुपमा दिएको बताए । उनले यसमा धेरै मन्त्रीहरु पनि संलग्न भएको बताए । त्यसैले म भारत जाने बित्तिकै म मारिनेछु । उनले सलमान खान, थुप्र्रै राजनीतिज्ञ र प्रहरी अधिकारीको रेकर्डिङसमेत भएको बताए ।’
अब केआरकेको कुरामा कत्ति धेरै वास्तविका छ, यसबारे भने थाहा छैन । तर सलमान खानको नाम लिएर केआरकेले पुनः अर्को विवाद निम्त्याउने मौका मिलेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा