शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

करिश्मा एमाले प्रवेश गरेकै दिन दिपकराज गिरीले गरे पार्टीमा जाने निर्णय !


  • मंगलबार, चैत्र ८ २०७८
10.2K
SHARES

फाइल तस्विर

काठमाडौं : पछिल्लो समय कलाकारहरू विभिन्न पार्टीमा प्रवेश गरिरहेका छन् । मङ्गलवार मात्रै अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । ती विषयलाई कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरीले भने व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन् । उनले कलाकारहरू पार्टी प्रवेश गरिरहेकोले आफू भने उनिहरुले दिने पार्टी खान जाने व्यङ्गे गरेका हुन् ।

गिरीले आफ्नो फेसबुकमा व्यङ्गे गर्दै लेखेका छन्, ‘चुनाव आयो ! हाम्रा कलाकार साथीहरू बिस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरे ! तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि?’

एमालेमा प्रवेश गरिन् अभिनेत्री करिश्मा

अभिनेत्री करिष्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन्। केही वर्षअघि डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतितिर लागेकी उनी बीचमा निष्क्रिय रहिन्।

तीन दशकदेखि नेपाली कला क्षत्रमा सक्रिय मानन्धरले ‘कमरेड’ बन्न रातो पहिरन रोजिन्। कम्युनिस्टहरुको ‘लाल’ रङलाई पहिरनमा अपनाउँदै उनले कम्युनिस्ट भएको संकेत गरेकी हुन्।

कला क्षेत्रमा सक्रिय भएर आर्जेको फेसन सेन्सलाई उनले राजनीतिमा पनि निरन्तरता दिएकी हुन्। बबरमहलस्थित कार्की बैक्वेंटमा आयोजित कार्यक्रममा करिष्माले आफू अध्यक्ष केपी शर्मा ओलीको ऊर्जाबाट ‘ताज्जुब’ भएको बताएकी छिन्।

एमालेले प्रतिपक्षका रुपमा निर्वाह गरेको सशक्त भूमिका र यसले परिवर्तनका लागि गरेको योगदानले पनि यतातिर लाग्न प्रेरित गरेको मानन्धरले बताइन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा