शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चैत्र ११ गते चिनिया विदेशमन्त्री वाङ नेपाल आउदै


  • सोमबार, चैत्र ७ २०७८
9.9K
SHARES

फाइल तस्विर

परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ आगामी चैत्र ११ गते नेपाल भ्रमण आउने भएका छन् । मन्त्रालयले आज एक सुचना जारी गर्दै विदेशमन्त्री वाङ चैत्र ११ गते नेपाल आउने निश्चित भएको जानकारी दिएको हो ।

मन्त्री वाङले भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनको परराष्ट्र मन्त्री खड्कासँग भने चैत्र १२ गते भेट गर्ने मिति तय भएको छ ।वाङको दुई दिनको नेपाल बसाई पछि चैत्र १३ गते स्वेदश फर्कने कार्यक्रम रहेको छ ।

याे पनि पढ्नुहाेस्:

संसद् विघटन ठिक छ भन्नु अस्थिरताको पक्षपोषण गर्नुसरह : घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले संसद् विघटन ठिक छ भन्नु अस्थिरताको पक्षपोषण गर्नुसरह भएको बताएका छन् । मंगलबार पत्रकारहरुसँग भुसालले संसद् विघटन ठिक निर्णय नभएको बताएका हुन् ।

उनले भने, ‘अब पनि संसद् विघटन ठिक छ भन्नु अस्थिरताको पक्षमा हिँड्नु हुन्छ । जिम्मेबार पार्टी नेकपा एमालेबाट यस्तो काम गर्नुहुँदैन । जुन काम हामी गर्दैनौं ।’

‘केहि राजनीतिक कारण छन् । त्यो राजनीतिक कारण भनेको पुस ५ मा गरिएको संसद् विघटन । त्यो एउटा राजनीतिक मुद्दा हो । जहाँ हामी विभाजित छौं । यो कुरा स्वयम् अदालतले संवैधानिक बेञ्चले यो विषयमा निर्णय गरिसकेको छ । र अब यो संविधान रहेसम्म संसद् विघटन गर्न मिल्दैन । सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भन्ने हो भने यो संविधान भत्किन सुरु गर्छ । ‘

हिजो एमालेको अध्यक्ष ओली उपस्थित बैठकमै नेता भुसालले एकताको प्रस्ताव ल्याएका थिए । नेता भुसालको कम्युनिस्ट एकताको प्रस्ताव ल्याए पछि पार्टी अध्यक्ष समेत रहेका केपी ओलीले झ्याल ढोका फोरेर हिँड्ने हरू सँग के को एकता भन्दै अभिव्यक्ति दिएका समाचारहरू बाहिरिएका थिए ।

एमाले पार्टी अध्यक्ष केपी ओली घनश्याम भुसाल लगायत केही कम्युनिस्ट एकताको कुरा गर्ने नेता सँग असहमत देखिँदै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा