काठमाडौं । चलचित्र नायिका प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको दायरमा ल्याएको ब्युरोका एक जना उच्च अधिकृतले बताए ।
आइतबार उनलाई ब्युरोमा बोलाइएको छ । उनको बयान भइरहेको ब्युरोका ती अधिकृतले बताए । केही समयअघि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर उनले भनेकी थिइन्–‘क्रिप्टोकरेन्सी मा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’ नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।
यो पनि हेर्नुहोस् ।
‘२ नम्बरी’ बाट हटिन् बर्षा
केही अगाडि अभिनेता पल शाहको स्थानमा अभिनेता सौगात मल्ल भित्र्याएको फिल्म ‘२ नम्बरी’ ले नायिका पनि परिवर्तन हुने भएको छ । निर्माण युनिटले अहिले रहेकी अभिनेत्री बर्षा राउतको ठाउँमा अर्की नायिका भित्र्याउने तयारी गरेको हो ।
यस अगाडि फिल्मका केही पाटो छायाङ्कन गरिसकेकी बर्षालाई निर्माण टिमको आन्तरिक छलफलबाट हटाउन लागेको निर्माता किरण नेपालीले बताए ।‘हामीले अहिले फिल्मको नायिका परिवर्तन गर्ने निर्णय गरेका छौ’ निर्माता नेपालीले भने ‘अब अभिनेत्री को रहने र किन परिवर्तन गरेको भन्ने बिषयमा केही दिनमा जानकारी दिनेछौ ।’
यता अभिनेत्री बर्षा राउतले भने प्रोजेक्ट जुधेकोले आफु बाहिरिन लागेको बताइन् । रोकिएको करिब तीन वर्षपछि छायाङ्कन सुरु हुन लागेको या फिल्ममा दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेन पनि मुख्य भूमिकामा छन् । फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि निर्माता रहेको फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।