शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पल शाहविरूद्ध नवलपुर अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता, अब के हुन्छ ?


  • बिहिबार, चैत्र ३ २०७८
11.7K
SHARES

अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। नाबालिकग गायिकाले दिएको जाहेरीका आधारमा अनुसन्धान सकेर बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध मुद्दा दर्ता गरेको हो।नवलपुरमा फागुन ६ गते भित्रमा मुद्दा दर्ता गर्नै पर्ने समयसीमा थियो।

घटना भएको एक वर्ष पूरा हुने भएपछि बिहिबार नै मुद्दा दर्ता भएको हो।उनलाई हदैसम्मको सजाय माग गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।

नाबालिग बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। यस्तै, पीडितलाई क्षतिपूर्ति भराउन पनि माग गरिएको छ। याैन हिंसामा ४ लाख रुपैयाँ क्षतिपूर्ति मागसमेत गरिएकाे छ। उनीविरुद्ध तनहुँमा पनि जाहेरी परेको छ। त्यहाँ भने हद म्याद रहेकाले अनुसन्धान सकिएको छैन।

शाह तनहुँ प्रहरीको हिरासतमा हुँदै नवलपुरमा पुर्पक्ष बहस हुने भएको छ।दुवैतिर एकसाथ मुद्दा चल्ने भएकाले नवलपुर अदालतमा अभियुक्तलाई पेश नगरिने भएको हो। तनहुँमा पनि अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा