गायिका कल्पना दाहाल र कार्साङ तामाङको नयाँ गीत बजारमा आएको छ ।
पछिल्लो समय प्रत्यक्ष दोहोरी मार्फत चर्चामा आएकी गायिका कल्पना दाहाल र युवा कलाकार कार्साङ तामाङको संयुुक्त गीत ‘जीन्दगानी बगेको खोली हो ’बजारमा आएको हो ।
कार्साङ तामाङको लय तथा शब्दमा तयार भएको यस गीतमा कल्पना दाहाल , कर्साङ तामाङ र रुपनारायण लामिछानेको आवाज सुुन्न सकिन्छ । गीतको म्यूजिक भिडियोलाई कुमार लामिछानेले निर्देशन गर्नुुभएको छ भने माधव श्रेष्ठको निर्देशन रहेको उक्त भिडियोलाई दिनेश पराजुलीले छाँयाकन तथा उत्तर राना मगरले सम्पादन गर्नुुभएको छ ।
गीतमा गणेश लामा, सीता लामा र पार्वती तामाङको मुख्य अभिनय रहेको छ । कलाकार तामाङको यस भन्दा अघि सिन्धु मेलम्ची हाम्रो गाँउ , जान पाइँन घरमा ,धोका दियौँ किन लगायत गीत बजारमा आईसकेका छन् । गीतलाई कार्साङ तामाङ युुटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।