शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध वारेन्ट जारी, किन हालियो अभिनेत्रीलाई मुद्दा ?


  • सोमबार, फाल्गुन २३ २०७८
12.4K
SHARES

फाइल तस्विर

भारतको उत्तर प्रदेशको मुरादावाद स्थित एक अदालतले अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध वारेन्ट जारी गरेको छ ।

सोनाक्षी विरुद्ध फेब्रुअरी २०१९ मा एक इभेन्ट कम्पनीबाट पैसा लिएर कार्यक्रममा नआएको भन्दै मुद्दा दर्ता भएको थियो । त्यसको सुनुवाई गर्दे अदालतले सोनाक्षीलाई २५ अप्रिलमा अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

कार्यक्रम आयोजकसंग सोनाक्षी र अर्का एक व्यक्तिले ३७ लाख लिएको, तर कार्यक्रममा भने नगएको भारतीय संचारमाध्यमले जनाएका छन् । सोनाक्षी कार्यक्रममा नगएपछि २०१९ फेब्रुअरीमा प्रहरीमा उजुरी परेको थियो । प्रहरीले अनुसन्धानपछि सोनाक्षी र ती व्यक्तिका विरुद्ध ठगी तथा बेइमानीको मुद्दा दर्ता गरेको थियो ।

सोनाक्षीले सो कार्यक्रमको प्रमोशनल भिडियो पनि सार्वजनिक गरेकी थिइन् तर, कार्यक्रममा भने सहभागी भइनन् । उनी बिरुद्ध मुरादावादमा उक्त मुद्दा दर्तापछि सोनाक्षीले उच्च अदालतबाट रोक लगाएकी थिइन् । उक्त रोक ६ महिना भन्दा माथि लागेको थियो ।

भारतको सर्वोच्च अदालतको फैसला अनुसार रोक ६ महिनासम्म मात्रै मान्य हुने र त्यसपछि निष्क्रिय मानिनेछ । यसै फैसलालाई ध्यानमा राखेर मुरादाबादको एसीजेएम अदालतले सोनाक्षी विरुद्ध वारेन्ट जारी गरेको हो ।

उजुरीकर्ताका वकिलका अनुसार सोनाक्षी मुरादाबादको एसीजेएम अदालतमा उपस्थित हुनु पर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा