शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पल शाहविरुद्ध फेरि म्याद थपको तयारी


  • आइतबार, फाल्गुन २२ २०७८
9.9K
SHARES

फाइल तस्विर

एक नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि फेरि म्याद थपको तयारी गरिएको छ ।

पलविरुद्धको अनुसन्धान नसकिएकाले म्याद थपको तयारी गरिएको प्रहरी स्रोत बताँउछ ।

उनीविरुद्ध जिल्ला अदालत तनहुँले गएको आइतबार सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिँदै छ ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ती गायिकाका बुवाले जबर्जस्ती करणी (बलात्कार) गरेको भन्दै जाहेरी दिएका थिए । पलविरुद्ध गैँडाकोटमा अर्को जाहेरी समेत परेको छ ।

आफूलाई मादकपदार्थ सेवन गराई गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अर्को जाहेरी दर्ता भएको हो । एकै घटनामा दुई स्थानमा जाहेरी दर्ता भए पनि म्याद थप, मुद्दा दर्तालगायत काम भने जिल्ला प्रहरी कार्यालय तनहुँबाटै हुने बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा