शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कलाकारको भ्यालु नबुझेरै मुलुक पछि पर्‍यो, कलाकारलाई हतकडी लगाउनु आपत्तिजनक : पूजा शर्मा


  • बिहिबार, फाल्गुन १९ २०७८
9.2K
SHARES

तस्बिर : फाईल

अभिनेता पल साहा नाबालिक एक गाईकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परे सँगै सिने क्षेत्रमा विभिन्न टिका टिप्पणी भएको छ । पल शाह अभिनीत चलचित्र अहिले हलमा समेत लागिरहेको छ ।

पल अनुसन्धानका लागि हिरासतमा छन् । यही विषयमा बोल्दै अभिनेत्री पूजा शर्माले कलाकारलाई सम्मान नगरेकै कारण मुलुक पछि परेको बताएकी छन् ।

कलाकार लाई हतकडी लाउनु नै गलत भएको उनको तर्क थियो । कलाकारलाई रेस्पेक्ट नदिएको उनको भनाई सामाजिक सञ्जालहरूमा भईरल समेत बनेको छ । कलाकारलाई दोषी प्रमाणित नै नगरी हतकडि लाउनु नहुने तर्क उनको थियो ।

कलाकारको सम्मान नगरेकै कारण देश पछि गएको पनि अभिनेत्री शर्माले बताएकी छन् । उनले भनेकी छन्- ‘यहाँ कलाकारलाई जे भन्दा पनि भयो । त्यही भएर देश यतिकै पछि गएको हैन भन्ने चाहिँ मलाई लाग्छ ।’

१७ वर्षीया गायीकाले पलले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । उक्त जाहेरी परेको चार दिनसम्म लुकेर बसेका पलले आइतवार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनी अहिले प्रहरी हिरासतमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा