शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

आफ्नो र गायिका समीक्षा अधिकारीको छवि नबिगारिदिन पल शाहको आग्रह


  • मंगलबार, फाल्गुन १० २०७८
15.2K
SHARES

फाइल तस्विर

नायक पल शाहले तथ्यहीन लाञ्छनाका आधारमा आफ्नो र गायिका समीक्षा अधिकारीको व्यावसायिक र व्यक्तिगत जीवनमा धक्का नपुर्‍याइदिन आग्रह गरेका छन् ।

नायक पल र गायिका समीक्षाबीचको सम्बन्धलाई लिएर अनेक चर्चा भइरहेका बेला मंगलबार उनले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गरेका हुन् । दर्शकसामु एक सक्षम अभिनेताका रूपमा उभिने प्रयास गर्दागर्दै आफूमाथि बारम्बार प्रहार भएको उनको भनाइ छ ।

“समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउने प्रकारका गतिविधि र खदिलो, दरिलो मनोरञ्जनात्मक प्रस्तुति लिएर आउने प्रण पनि गर्दछु । तर, नेपाली समाजभित्र संघर्ष गर्न अनेकन बाधा र अडचन आउने रहेछन् । त्यसमध्येमा कतिपय कृत्रिम समस्या खडा गरी एउटा संघर्षको चरणमा रहेको कलाकारलाई बारम्बार प्रहार हुँदा नमिठो अनुभूति हुँदो रहेछ,” उनले लेखेका छन् ।

तर, १७ वर्षीया गायिका समीक्षाले अभिनेता पल र आफू विवाह गर्ने भनेर प्रेममा बाँधिएको भन्दै पलले आफू र आफ्नो परिवारलाई धोका दिएको आरोप लगाएकी छन् ।

पल टाढिन थालेपछि आफूले पटक–पटक कानुनी उपचार खोज्ने प्रयास गरे पनि फसिने डरले त्यसतर्फ नलागेको समीक्षाको भनाइ छ । योबीचमा पल र समीक्षाबीच मिडियादेखि सामाजिक सञ्जालसम्म आरोप–प्रत्यारोप चल्दै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा