शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा


  • मंगलबार, फाल्गुन ३ २०७८
13.9K
SHARES

फाइल तस्विर

चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्।

आफूले केही दिनअघि बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेको थापाले जानकारी दिइन्।

थापा र शाही लामो समयदेखि प्रेममा थिए। ४० वर्षीय शाही ठकुरी हाल अमेरिका बस्दै आएका छन्। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।

थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए।

हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन्। अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्।

३७ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय भएकी थिइन्।

गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा थापा महामन्त्रीमा उठेकी थिइन्। उनी पराजित भइन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा