बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

पाँचौ पतिलाई छोड्दै पामेला


  • KTM Khabar
  • शुक्रबार, माघ ७ २०७८
2.5K
SHARES

फाइल तस्विर

हलिउड अभिनेत्री पामेला एण्टडसनले पाँचौ पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । पामेलाले पाँचौ पति डेनविरुद्ध अदालतमा निवेदन दिने निर्णय लिएकी छन् । उनीहरुले एक वर्षअघि विवाह गरेका थिए ।

समाचारअनुसार आपसी मतभेदपछि पामेलाले पतिबाट अलग्गिने निर्णय लिएकी हुन् । उनीहरुको सम्बन्धमा दरार आइसकेकाले सँगै बस्न नसक्ने जनाउँदै पामेला पाँचौं पतिलाईं छोड्ने तयारीमा पुगेकी छन् ।

पामेला र डेन अहिले सँगै छैनन् । उनीहरुको बाटो नै अलग भइसकेको छ । यो जोडीले गत वर्षको क्रिसमसको दिन विवाह गरेका थिए । जुन विवाहमा केही सीमित व्यक्तिको मात्र उपस्थिति थियो । केही महिना डेट गरेपछि पामेलाको हृदयमा डेन आएका थिए । त्यहीकारण पामेलाले पाँचौ पटक विवाह गर्ने निर्णय लिएकी थिइन् ।

डेन अभिनेत्री पामेलाको बडीगार्ड हुन् । लामो समयसम्म पामेलासँग सहकार्य गरेकाले उनीहरुबीच नजिकपन बढेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा