आइतबार, माघ ९ २०७८
ताजा अपडेट

गायक बज्र गुरुङ्गको जापानिज गीत ‘आइताकूँ नारु’ सार्वजनिक (भिडिओ)


  • KTM Khabar
  • मंगलबार, पुष २७ २०७८
874
SHARES

लामो समयदेखि जापानमा बस्दै आएका गायक बज्र गुरुङकाे जापानिज गीत ‘आइताकु नारु’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिपेश सिंहको संगीत संयोजन रहेको गीतको भिडियो होटल र्याडिसनमा एक कार्यक्रमका उक्त जापानी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

नेपाली चलचित्र क्षेत्रका वरिष्ठ संगीतज्ञ एवं नाट्य कला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यता तथा वरिष्ठ गायिका ज्ञानु राणा, जापानी नागरिक एवं व्यबसायी यौची टाडा र मेग्मिको विशेष अतिथीको रुपमा उपस्थिती रहेको थियो ।

वर्ल्डवाइड मिडिया नेटवर्कद्वारा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई गीत संगीतको क्षेत्रमा दिएको योगदानको कदर स्वरुप नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै गायक गुरुङले आफ्नो कर्मथलो जापान भए पनि जन्मभुमि नेपाललाई सदा सम्झिरहेको बताउनुभयो । गीत, संगीत, कलाकै माध्यमबाट नेपाल तथा जापान बिचको दौत्य सम्बन्ध अझ प्रगाढ हुने विषयमा गायक बिश्वस्त हुनुहुन्छ । ईतिहासमै कुनै विदेशीले जापानीज भाषामा गीत रचना गरी संगीतबद्ध गरेर गाएको सम्भवत यो पहिलो रहेको कुरा गायक गुरुङ्गले बताउनुभएको थियो । वरिष्ठ संगीतज्ञ बास्कोटाले संसारका धेरै देश पुगिसकेको तर जापान पुग्न बाँकी रहेको बताउँदै त्यहाँको संगीतमा अलग्गै मिठास रहेको बिचार राख्नुभयो । यसै गरि सम्मानित हुनुभएकी गायिका राणाले आफुलाई यस्तो महत्वपूर्ण कार्यक्रममा सम्मान गरेकोमा आयोजक तथा गायक प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

वल्र्डवाईड मिडिया नेटवर्कका प्रमुख एवं गायक रामकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको समापन उक्त गीतको रेकर्डष्टि तथा संगितकार सुरेन्द्र श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको संचालन संचारकर्मी विना श्रेष्ठले गर्नुभएको थियो । गायक गुरुङकै रचना र संगीत रहेको यस जापानी गीतको छायाँकन भने नेपालकै रमणीय स्थलहरुमा गरिएको छ ।

गीतको भिडियोमा नायिका नम्रता सापकोटाको साथमा मोडल विकेश तण्डुकार तथा गायक गुरुङले अभिनय पनि गरेका छन् । भिडियोको सम्पादन माधव वेलवासेको ,कोरियोग्राफी निशिला शाक्यको रहेको छ भने छायाँकन र निर्देशन अमृत सुनवारले गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा