आइतबार, माघ ९ २०७८
ताजा अपडेट

उर्मिलालाई मिसेस ग्रान्ड इन्टरनेशनल नेपालको ताज


  • KTM Khabar
  • सोमबार, पुष २६ २०७८
1.1K
SHARES

फाईल तस्बिर

विभिन्न वर्ग र समूहका लागि सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको रिवन इन्टरटेनमेन्टले म्यानमारको माण्डलेमा हुने ‘मिसेस ग्रान्ड इन्टरनेसनल २०२२’मा नेपालको सहभागिता गराउनका लागि उर्मिला उप्रेती सिलवाललाई ‘मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल २०२१’ चयन गरेको छ ।

राजधानीमा हालै आयोजित कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मागत कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार विदुर गिरी, गायक तथा नेपाल आयल निगमका पूर्व निर्देशक सीताराम पोखरेल र पेजेन्ट निर्देशक निशुकान्त झाले क्राउन तथा स्यास पहिराएका थिए ।

कार्यक्रममा उर्मिलाले ‘मिसेस ग्रान्ड इन्टरनेसनल २०२२’ मार्फत नेपाललाई विश्वसामू चिनाउने प्रयास गर्ने बताइन् । रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार ‘मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१’ उर्मिललाई रिवन इन्टरटेनमेन्टको सहकार्यमा आगामी अप्रिलमा म्यानमारको माण्डेलामा हुने ‘मिसेस ग्रान्ड इन्टरनेशनल २०२२’मा नेपालको प्रतिनिधित्व गराइनेछ ।

भैरहवाकी उर्मिला केही अघि रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा सम्पन्न ‘मिसेस नेपाल वल्र्ड’मा अन्तिम चरणसम्म पुगेकी थिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा