पछिल्ला केही दिनदेखि गलत तरिकाले ११ पटक कोरोनाभाइरसको भ्याक्सिन लिएपछि चर्चामा आएका बिहारको मधेपुरा जिल्लाका बासिन्दा ८४ वर्षका ब्रह्म देव मण्डल छिट्टै पक्राउ पर्ने भएका छन् ।
ब्रह्मदेव मण्डलविरुद्ध मधेपुराका एक जिल्ला स्वास्थ्य अधिकारी डा. विनय कृष्ण प्रसादको उजुरीपछि विभिन्न धाराअन्तर्गत मामिला दर्ता गरिएको छ । उनलाई पक्राउ गर्नका लागि प्रक्रिया अघि बढेको छ ।
ब्रह्मदेवविरुद्ध विभिन्न धारा लगाइएको छ । यद्यपि, उमेरको हिसाबले पक्राउ परेपछि उनले जमानत पाउने सम्भावना बढी भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
ब्रह्मदेव मण्डलले ११ पटक खोप लिएपछि केही गम्भीर रोगबाट आफूले छुटकारा पाएको दाबी गरेका थिए । मण्डल डाक विभागका सेवानिवृत्त सरकारी कर्मचारी हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।