शनिबार, माघ ८ २०७८
ताजा अपडेट

भारतकी हरनाज सन्धूले जितिन् मिस युनिभर्स २०२१ को उपाधि


  • KTM Khabar
  • सोमबार, मंसिर २७ २०७८
1.7K
SHARES

फाइल तस्विर

भारतकी हरनाज सन्धूले ७०औं मिस युनिभर्सको उपाधि जितेकी छिन् । भारतले २१ वर्षपछि फेरि यो उपाधि जितेको हो । यसअघि सन् २००० मा भारतबाट लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् ।

पञ्जाबकी २१ वर्षीया सन्धू मोडलिङका साथसाथै जनप्रशासनमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् । इजरायलको इलियटमा आयोजित प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले सन्धूलाई ताज पहिराइदिएकी थिइन् । त्यस्तै पाराग्वेकी नादिया फेरेइराले फर्स्ट रनरअपको उपाधि जितिन् भने दक्षिण अफ्रिकाकी लालेला स्वानले सेकेन्ड रनरअपको उपाधि जितिन् ।

टप थ्री राउन्डमा प्रतियोगीलाई ‘अहिलेको दबाबलाई सामना गर्न तपाईं युवा महिलालाई के सल्लाह दिनुहुन्छ ?’ भनेर प्रश्न सोधिएको थियो ।

जवाफमा हरनाजले भनेकी थिइन्, ‘आजको युवापंक्तिलाई आफैमाथि विश्वास गर्ने कुरालाई लिएर निकै दबाब रहेको छ । तपाईं अरुभन्दा फरक हुनुहुन्छ भन्ने थाहा पाउनुभयो त्यसले तपाईंलाई सुन्दर बनाउनेछ । आफूलाई अरुसँग तुलना गर्न छाडिदिनूस् । विश्वमा के भइरहेको छ भन्नेबारेमा कुरा गर्नूस् । आफ्नै लागि आवाज उठाउनूस् त्यो निकै महत्त्वपूर्ण हो । किनभने तपाईं नै तपाईंकै जीवनको नेतृत्वकर्ता हो । तपाईं नै तपाईंको आवाज हो । मैले आफैमाथि विश्वास गरेँ त्यसैले आज यहाँ उभिएकी छु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा