शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अभिनेत्री जेनिफर लोपेज चौथो विहे गर्दै


  • शुक्रबार, मंसिर १० २०७८
8.8K
SHARES

फाईल तस्बिर

हलिउड गायिका एवं नायिका जेनिफर लोपेजले चौथो पटक विवाह गर्न लागेकी छन्। उनले ‘ब्याटम्यान’ अभिनेता बेन एफ्लेकसँग चौथो विवाह गर्न लागेकी हुन्।

पछिल्लो समय लोपेज र एफ्लेकको गहिरो प्रेम सम्बन्धरहेको चर्चा हुँदै आएको थियो। उनीहरु सार्वजनिक स्थानमा पनि धेरै पटक भेटिँदै आएको उल्लेख गरिएको छ।

५२ वर्षीया लोपेज छिट्टै रिलिज हुन लागेको चलचित्र ‘म्यारी मी’को प्रमोसनमा व्यस्त छिन्। उक्त प्रोमोकै क्रममा उनले आफ्नो विवाहबारे जानकारी दिएकी हुन्।

उनले आफ्नो चौथो विवाहपछि शतप्रतिशत खुशी प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन्। जेनिफर लोपेजले अभिनेता बेन एफ्लेकसँगको सम्बन्धअघि तीन पतिसँग पारपाचुके गरिसकेकी छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा