मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

धेरै सुतेर जीवन बरबाद बनाई रहनु भएको त छैन ? जान्नै पर्ने कुरा : कुन उमेरमा कति समय सुत्ने ?


  • KTM Khabar
  • बुधबार, मंसिर ८ २०७८
1.1K
SHARES

फाईल तस्बिर

राम्रो स्वास्थ्य र सुन्दरताको लागि जसरी हामीलाई पोषक तत्व आवश्यक हुन्छ । त्यसरी नै निन्द्राको महत्व पनि स्वास्थ्य सँग जाडिएर आउछ । कम सुत्नुका कारण गुम्सावट, टेन्सन र चिडचिडापनजस्ता समस्या देखिन सक्छ । साथै कम निन्द्राको कारणले मानसिक तनाव जस्ता समस्याहर पनि देखिन सक्दछन् । तपाई जुनसुकै उमेरसमुहको मानिसको हरेक मान्छेलाई आफ्नो उमेरको हिसावले सुत्न आवश्यक हुन्छ ।

समय मिलाएर सुत्दा तपाईको छाला चाडै बुढो हुदैन र तपाई लामो समयसम्म स्वस्थ र खुसी जीवन जीउन सक्नुहुन्छ ।

कुन उमेरको मानिस कति घण्टा सुत्न आवश्यक छ :

३ महिना देखि ११ महिनासम्मको नवजात शिशुको लागि : १४ देखि १५ घण्टाको सुत्न आवश्यक हुन्छ ।
१२ देखि ३५ महिनाको बच्चा : १२ देखि १४ घण्टाको सुत्न आवश्यक छ ।
६ देखि १० वर्षको स्कुल जाने बच्चा : १० घण्टा सुत्न आवश्यक छ ।
११ देखि १८ वर्ष उमेर समुह : कम्तिमा ९ घण्टा निदाउन आवश्यक छ ।

जागिरे वा पेशेवर मानिस जस्को उमेर २० वर्षभन्दा माथि छ, उसको लागि कम्तिमा आठ घण्टाको निन्द्रा आवश्यक हुन्छ । बुढापाकाको लागि सुत्नको कुनै समयसिमा छैन निर्धारण गरिएको छैन् ।

यदी तपाई यसरी नै आफ्नो उमेरको हिसाबले सुत्ने समय तय गरेर नियमितता दिनुहुन्छ भने यसले तपाईलाई धेरै फाइदा मिल्नेछ । जसको अनुभव तपाई आफैले गर्नु हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा