भगवान् शिवलाई समर्पित साउन महिना सुरु भएको छ । साउन अघि देवशयनी एकादशीबाट भगवान् विष्णु योग निद्रामा जाँदा भगवान् शिवले सम्पूर्ण विश्वको शासन गर्ने विश्वास छ । साउन महिनामा कुनै पनि शुभ कार्य गर्न वर्जित मानिन्छ ।
साउन महिना भगवान् शिवको अति प्रिय महिना हो । यस साउन महिनामा भगवान् शिवको विशेष पूजा–आराधना गर्दा विशेष फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यो महिनामा भगवान् शिवलाई खुसी पार्नुपर्छ भन्ने गरिन्छ । यसै महिनामा भोलेनाथ कैलाश पर्वत छोडेर पृथ्वी घुम्न आउने जनविश्वास छ ।
साउन महिनामा प्याज, लसुन र मासुको सेवन गर्नु हुँदैन । यसबाहेक साउन महिनामा बैगुन खानु पनि वञ्चित गरिएको छ । साउन महिनामा बिहान सबेरै उठेर नुहाएर सफा लुगा लगाउनुपर्छ । साउनभर भोलेनाथलाई जल र बेलको पात चढाउँदा राम्रो हुन्छ ।
यस वर्ष साउन महिनामा पाँच वटा सोमवार परेको छ । पाँच सोमवारसँगै पाँच वटा राशिलाई भगवान् शिवको आशीर्वाद पर्ने छ । यस साउन महिनामा पाँच वटा राशिको सिद्ध योग बन्दै छ । यसैको आधारमा पनि भगवान् शिवको सिधै आशीर्वाद पर्न लागेको हो । सिद्ध योग बनेका यी पाँच वटा राशिले यस साउन महिना भरी भगवान् शिवको आराधना गर्दा ठुलो फल प्राप्त गर्न सफल हुने छन् ।
यी पाँच राशिले भगवान् शिवको आराधना गर्दा मानसिक समस्या, शारीरिक समस्या, मुद्दा मामिला, व्यापार व्यवसायमा घाटा, काम बिग्रिएको लगायत तमाम समस्याको हल हुने छ, भने सिधै लाभ प्राप्त हुने छ । भगवान् शिवको पूजापाठ गर्दा यस साउन महिनामा जीवन सकारात्मक मोड तर्फ अगाडी बढ्ने छ । साथै अर्थ व्यवस्थाको समस्या हट्ने छ ।
विशेष प्रभाव रहेको पाँच राशिले तुरुन्त लाभ प्राप्त गर्न निष्ठापूर्ण भावले भोलेनाथको आराधना गर्नु पर्ने हुन्छ । यसो गर्दा यी राशिहरूले जीवनका चुनौतीहरूलाई सिधै पार गर्न सक्ने छन् । अधुरा कामहरू सत प्रतिशत बन्ने छन् । यस्तो सिद्ध योग बन्दै गरेको राशि यस अनुसार रहेको छ
१. कुम्भ राशि
कुम्भ राशि भएका व्यक्तिहरूले भगवान् शिवको पूजा आराधना गर्दा रोकिएका कामहरू पुरा हुने छन् । पतिपत्नी बिच बेमेल, झैझगडा आदी इत्यादि छन् भने यसको समाधान हुने छ । जीवनमा सबै किसिमको सुख र शान्ति प्राप्त हुने छ ।
२. वृष राशि
वृष राशि भएका व्यक्तिहरूले यस साउने सोमबारमा भगवान् शिवको पूजा आराधना गरे लाभ प्राप्त हुने छ । अर्थ व्यवस्थामा सुधार आउने छ । लामो समय देखी रोकिएका कामहरू पूर्ण हुने छन् । झैझगडा, मुद्धामामिला छन् भने यसको समाधान हुने छ । स्वास्थ्य समस्याबाट मुक्ति मिल्ने छ ।
३. कन्या राशि
जो कन्या राशि हुनेहरुले भगवान् शिवको निष्ठा पुर्वक पूजा आराधना गर्छन उनिहरुलाई अत्यन्तै लाभ प्राप्त हुने छ । सबै खाले समस्याको समाधान हुने छ । सन्तान सुख प्रप्त हुने छ । नयाँ व्यापार विजनेस गर्नेहरुलाई फाईदा पुग्ने छ । फसेका पैसाहरु उठ्ने छन् ।
४. बृश्चिक राशि
यस साउन महिनामा बृश्चिक राशि हुनेहरुले बिशेष गरी भगवान् शिवको पुजाआरधना गर्दा धनका मुलहरु फुट्ने छन् । बैदेशिक यात्राको काम बन्ने छ । स्वास्थ्यको अप्रेसन जस्ता ठुल ठुला समस्याहरु छन् भने सफल्ता पुर्वक सम्पन्न हुने छ । मान सम्मान तथा ईज्जत प्राप्त हुने छ ।
५. मिन राशि
मिन राशि हुनेहरुको लागि भगवान् शिवको आराधना सबैभन्दा मुलभुत रुपमा रहने छ । आर्थिक रुपमा सबैभन्दा बढी लाभ हुने छ । सबै दुखहरु नास हुने छन् । लागेका आरोपहरु नष्ट हुने छ । घर झैझगडा समाप्त हुने छन् । लागेका अप्जसहरु हट्ने छन् ।
(यस समाचार ज्योतिष कृष्ण भण्डारीले सम्पादन गर्नु भएको हो । तपाईको पनि कुनै चिना, बास्तु तथा भविष्य प्रती केही हेर्नु छ भने ज्योतिष कृष्ण भण्डारीलाई मोबाईल नम्बर ९८०१२३५००० मा सम्पर्क गर्न सक्नुहुने छ)