बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

राति भुलेर पनि नखानुहोस् यी ६ चिज, शरीर बन्ने छ रोगी !


  • KTM Khabar
  • शनिबार, साउन ७ २०७९
10.7K
SHARES

फाइल तस्विर

प्राय मानिसहरू बिना सोच नै विभिन्न खानेकुराहरू खाने गर्छन् । जसका कारण उनीहरूले स्वास्थ्य सम्बन्धी धेरै समस्याहरूको सामना गर्नु परिरहेको हुन्छ । आज हामी बेलुकीको खानाको बारेमा कुरा गर्दैछौं ।

अक्सर मानिसहरू राति सुत्नुअघि केही यस्ता चिजहरूको सेवन गर्छन् । जसले उनीहरूको स्वास्थ्यमा नकारात्मक असर पार्छ । त्यसैले यी कुरामा सचेत हुन जरुरी छ । आजको लेखमा यसै विषयमा छ । आज हामी तपाईँलाई यस भिडियोको माध्यमबाट राती सुत्नुअघि के के सेवन गर्न हुँदैन भन्ने कुरा बताउनेछौँ ।

राती सुत्नुअघि काउली, ब्रोकाउली, सिमी र ड्राई फ्रुट खानु हुँदैन । किनभने तिनीहरूमा फाइबर धेरै हुन्छ । यस्तो अवस्थामा पेटमा ग्यासको समस्या हुन सक्छ ।
राति सुत्नुअघि गुलियो चिजको सेवन गर्नु हुँदैन । यसले शरीरमा चिनीको मात्रा बढाउन सक्छ ।

टमाटर, बैंगुन, सोयासस आदि पनि राति सुत्नुअघि खानु हुँदैन । यसको सेवनले निद्रा प्रभावित हुन सक्छ । यसका साथै व्यक्तिलाई अनिद्राको समस्या पनि हुन सक्छ ।

ग्यासको समस्या छ भने भारी खानेकुरा खानु हुँदैन । यसले व्यक्तिमा ग्यासको समस्या बढ्न सक्छ र समस्या गम्भीर हुन सक्छ ।

राति सुत्नुअघि मसालदार खाना पनि खानु हुँदैन । यसले पाचन प्रणालीमा नराम्रो असर पर्न सक्छ र पाचन क्षमता पनि कमजोर हुन सक्छ ।

खरबुजा, तरबुजा लगायत काँक्रो पनि राती सुत्नु अघि खानु हुँदैन । किनभने तिनीहरू भित्र धेरै पानी हुन्छ, जसको कारण व्यक्तिलाई पेट दुख्ने, ग्यास आदिको समस्या हुन सक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा