गायिका प्रविशा अधिकारीले इन्जिनियर निर्माण सिटौलासँग विवाह गरेकी छन्। प्रविशा र निर्माणको विवाह आइतबार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा भएको हो ।
वैवाहिक समारोहमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको थियो ।
‘द भ्वाइस किड्स’की कोचसमेत रहेकी उनले आफ्ना प्रेमी निर्माण सिटौलासँग गत बिहिबार टिकाटालो गरेकी थिइन्।
प्रविशासँग विवाह गर्नकै लागि निर्माण केही समय अगाडि नेपाल आएका हुन्।
प्रविशाले गाएका दर्जन बढी गीतले दर्शकको मन जितिसकेका छन्। निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।