२६ कात्तिक, काठमाडौँ : गायक सुगम पोखरेल तथा मेलिना राईको आवाजमा नयाँ गीत ‘तिमि बिना’ सार्वजनिक भएको छ । एबी फिल्मी युटुब च्यानलबाट बिहिबार ‘तिमि बिना’ गीतको म्युजिक भिडिओ सहित सार्वजनिक गरिएको हो ।
गीतमा संगीत सरोज पोखरेल, शब्द सत्यराज चौलागाई, एरेञ्ज दिबेश राईले दिएको छन् । यस्तै म्युजिक भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् ।
गीतको म्युजिक भिडिओमा बरुण अधिकारी र बर्षा सिवाकोटीको विशेष अभिनय रहेको छ ।
एबी फिल्मीका सञ्चालक समेत रहेका अधिकारीले यस अघि ‘निश्ठुरीले’ र ‘जब मैले तिमिलाई’ गीत तथा म्युजिक भिडियो आफ्नै च्यानल मार्फत सार्वजनिक गरिसकेका छन् । सोही गीतको सफलता कारण ‘तिमि बिना’ निर्माण गरिएको उनी भन्छन् ।
‘तिमि बिना’ सार्वजनिक भएको २४ घण्टा नबित्दै दर्शकहरुको राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । अधिकारी भन्छन्, ‘सार्वजनिक भएका अन्य गीतहरु जस्तै यस गीतले पनि दर्शकहरुको मन जित्ने कुरामा विश्वस्त छु ।’
हेर्नुहोस् म्युजिक भिडिओः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।