भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहको नक्कल गरेको प्रस्तुति रियालिटी सो ‘कमेडी च्याम्पियन २’ को सर्वाधिक चर्चित प्रस्तुति थियो। भरत कमेडी च्याम्पियन विजेता बन्नुमा पारस शाहको नक्कल गरिएको प्रस्तुतिले महत्वपूर्ण भूमिका खेल्यो।
उनले दर्शक र सोका निर्णायकहरुबाट समेत पारस शाहको हुलिया, बोली, हाउभाउ दुरुस्तै बनाएको प्रतिक्रिया पाएका थिए।
भरतका अनुसार उनले पारस शाहको नक्कल गर्न लामो समयदेखि तयारी गरेका थिए। पारस शाहको नक्कल उनका लागि लक्की साबित भयो।
भरतले फेसबुकमा पारस र सुमनसँग खिचेको तस्बिर पोस्ट गरेका छन्। पूर्वयुवराज पारससँगको भेटपछि खुसी साट्दै फेसबुकमा उनी लेख्छन्, ‘उहाँको शुभचिन्तक थिएँ। भेटघाटपछि झन् ठूलो प्रसंशक भएँ, साच्चै नै भन्ने नै हो भने उहाँ साह्रै रमाइलो साथीजस्तै हुनु हुँदोरहेछ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।