शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रधानन्यायाधीशको राजीनामा हामी माग्दैनौ, अदालतको दाउपेचमा पनि पस्दैनौ : ओली


  • मंगलबार, कार्तिक ९ २०७८
8.3K
SHARES

फाईल तस्बिर

एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताएका छन् ।

प्रेस चौतारी मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको परिस्थितिमा एमालेले प्रधानन्यायाधीशको राजीनामा पनि नमाग्ने र महाभियोगको पक्षमा पनि नउभिने संकेत गरेका हुन् । ‘हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो,’ ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन । सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’

उनले ‘परमादेश’भन्दा अघि कै सेटिङकै परिणाम अहिले देखिएको प्रस्ट पारे । उनले भने, ‘यस प्रकारका क्रियाकलाप सम्मानित सर्वोच्च अदालत जस्ता ठाउँमा हुनु हुँदैन । अदालत लोकतन्त्रको एउटा स्तम्भ हो ।’ अर्को एक प्रशंगमा ओलीले सुदूरपश्चिममा वडा सम्मेलन नभएको विषयमा अभिव्यक्ति दिने उपाध्यक्ष भीम रावलसँग जवाफ माग्ने बताए । उपाध्यक्ष रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा एमालेको वडा अधिवेशन नभएको बताएका थिए ।

सोही विषयमा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘एकदुई जनाले के भन्छन्, त्यसको कुनै मतलब भएन, उहाँ (भीम रावल) ले किन त्यस्तो भन्नुभयो, म सोध्छु ।

अर्ली इलेक्सन’का सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा ओलीले चुनाव चाहने कि नचाहने भन्ने प्रश्नभन्दा पनि आवश्यकता हो कि होइन भन्ने मुख्य कुरा रहने बताए । उनले सरकारको कार्यशैली भद्रगोल रहेको, संसदले कुनै काम गर्न नसकेको भन्दै अहिलेको संसदबाट निकास ननिस्कने धारणासमेत राखे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा