शनिबार, साउन ९ २०८३
ताजा अपडेट

छोरा आर्यन लागु औषधको मुद्दामा पक्राउ, बाबु शाहरुख भन्छन् छोरा म भन्दा असल छन् !


  • सोमबार, कार्तिक १ २०७८
9K
SHARES

फाईल तस्बिर

एजेन्सी-छोरा आर्यन खान लागुऔषधको मुद्दामा पक्राउ परेपछि अभिनेता शाहरुख खान केही समययता मिडियामा छाइरहेका छन्। आर्यन जेलबाट बाहिर आउन अदालत धाइरहेका बेला अहिले इन्टरनेटमा शाहरुखले सात वर्षअघि आफ्ना छोराछोरीबारे भनेका कुरा अहिले भाइरल भएको छ।

सन् २०१४ मा शाहरुखले एउटा अन्तर्वातामा आफ्ना दुई छोरा आर्यन र अम्ब्राहम, अनि छोरी सुहानाको गुनगान गरेका थिए। उनले आफ्ना छोराछोरी आफूभन्दा असल रहेकाे भनेका थिए। शाहरुखले आफूले छोराछोरीलाई हुर्काउने तरिकाबारे पनि बोलेका थिए।

‘मेरा छोराछोरीले आफ्नो इच्छाअनुसार जुनसुकै काम गर्न पाउँछन्। म केवल उनीहरुको स्वस्थ र सुखी जीवन चाहन्छु,’ शाहरुखले भनेका थिए, ‘म उनीहरुलाई कहिल्यै डाक्टर, इन्जिनियर वा अभिनेता बन्न दबाव दिन्नँ। उनीहरुलाई जे मन लाग्छ त्यही बन्न सक्छन्।’

शाहरुखका अनुसार उनका कुनै पनि छोराछोरीमा उनको बानी सरेको छैन र उनी यसका लागि निकै खुसी छन्। उनी भनेका थिए, ‘मेरा बच्चाहरु र मबीच समानता भनेको केवल हाम्रो गालाको डिम्पल हो। उनीहरु निकै असल र ज्ञानी छन्।’

शाहरुख आफ्ना छोराछोरीको माया र विश्वासबारे सधैं खुल्ला रुपमा मिडियामा बोल्दै आएका छन्। उनका प्रशंसकले उनलाई के उनी छोराछोरीका अगाडि कडा स्वभाव देखाउँछन् भनेर प्रश्न गरेका थिए। यसको जवाफमा उनले भनेका थिए, ‘बच्चाहरु माया गर्न र गल्ती गर्न बनेका हुन्। उनीहरुलाई हामीले केही कुरामा कडाइ गर्नु हुँदैन, र अहिले मेरा छोराछोरीहरु मेरा साथी हुन्।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा