आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

अक्षय कुमारको दर्शक समक्ष हार-गुहार, हलमा फर्किएर फिल्म हेर्न गरे अनुरोध


  • KTM Khabar
  • बुधबार, असोज १३ २०७८
1.3K
SHARES

फाईल तस्बिर

कोरोनाको कारण फिल्म क्षेत्र अस्त व्यस्त भएको छ । लामो समय देखी कोरोनाको कहर सहेको भरतको चलचित्र क्षेत्रका नायक अक्षय कुमारले हलमा गएर चलचित्र हेर्न दर्शकलाई अनुरोध गरेका खबर बाहिरिएका छन् ।

अभिनेता अक्षय कुमारले दर्शकलाई फिल्म हल फर्किन अनुरोध गरेका छन् । उनले हालै एक अन्तर्वार्तामा दर्शकलाई फिल्म हलमा फर्किएर मनोरञ्जन उद्योगलाई पुनर्जीवित गर्न अनुरोध गरेका हुन् । सो क्रममा उनले खराब समय सकिएको समेत बताएका थिए ।

‘यो वर्ष मेरो ४, ५ फिल्म रिलिज हुँदैछ । यो राम्रो संकेत हो’ उनले भने– ‘स्थिति सामान्य भइरहेको छ । आशा गर्दछु यस्तै रहनेछ ।’ गत डेढ वर्षदेखि दर्शकलाई मनोरञ्जन दिन सहि समयको पर्खाइमा आफु रहेको उनले भनाई राखेका थिए ।

पछिल्लो डेढ वर्ष फिल्म उद्योगका लागि खराब समय रह्यो’ उनले थपे ‘यो समय सबैले धेरै थरी नोक्सानी व्यहोरेका छन् ।’ दर्शकले फिल्म हलमा फर्किएर मनोरञ्जन उद्योगलाई पुन गर्ने आशा उनले राखेका छन् । यो वर्ष उनका रिलिज हुने ५ फिल्ममा ‘सूर्यवंशी’, ‘पृथ्वीराज’, ‘बच्चन पाण्डे’, ‘रक्षाबन्धन’, ‘राम सेतु’ रहेका छन् । उनका ‘ओ माई गड’, ‘अतरंगी रे’ अर्काे वर्ष रिलिज हुने सम्भावना छ । उनी पछिल्लो समय ‘बेल बटम’ मा देखिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा