शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

घटस्थापनाको दिनबाट फिल्म रिलिज हुने


  • मंगलबार, असोज १२ २०७८
15.1K
SHARES

फाइल तस्विर

कोरोनाका कारण बन्द रहेको फिल्म हल २१ असोजदेखि खुल्ने भएको छ । घटस्थापनाको दिन पारेर २१ गतेबाट फिल्म हल खोल्न नेपाल चलचित्र संघ तयार रहेको महासचिव अशोक शर्माले बताए ।

‘२१ असोजदेखि देशभरका हल खोलेर फिल्म प्रदर्शन सुरु गर्दैछौ’ शर्माले भने ‘सुरुवातको चरणमा ठुला, चर्चित भन्दा पनि ठिक्क बजेटको फिल्म लाग्छ ।’ शर्माले २१ गते निर्देशक शोभित बस्नेतको फिल्म ‘डाँडाको बरपिपल’ लाग्न सक्ने सुनाए ।

बलिउडमा पनि फिल्म हल खुलेको छ । हिन्दी फिल्म पनि आउँछ । हिन्दी फिल्मले माहोल तताएपछि राम्रा नेपाली फिल्म पनि लाग्नेछन्’ शर्माले अगाडि थपे ‘अव नियमित हल चल्नेछन् । फिल्मको समस्या छैन । समस्या दर्शक आउँछन्, आउँदैनन् भन्ने हो ।’

१८ महिनादेखि बन्द रहेको फिल्म प्रदर्शनलाई सुचारु गर्दा अब उप्रान्त एउटा नेपाली फिल्म प्रदर्शन भएको दुई सातापछि मात्रै अर्काे फिल्म प्रदर्शन गर्न पाइने प्रावधान समेत चलचित्र संघले गरेको छ ।

अबको तीन महिनासम्म स्वदेशी तथा विदेशी फिल्म प्रदर्शन गर्दा हलले निर्मातालाई पहिलो सातामा ५५ प्रतिशत र दोस्रो सातामा ५० प्रतिशत सेयर रकम भुक्तानी समेत गर्नेछ ।

संघले नेपाली फिल्मको प्रदर्शन मिति तोकिएको समयमा विदेशी फिल्म प्रदर्शन नगर्नेसमेत जानकारी दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा