शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

अभिनेता अक्षयकुमारको कुल सम्पत्ति कति ?


  • KTM Khabar
  • बिहिबार, भाद्र २४ २०७८
2.4K
SHARES

फाइल तस्विर

अभिनेता अक्षय कुमारको ५४ वर्ष पुगेका छन् । ९ सेप्टेम्बर १९६७ मा अमृतसरमा जन्मिएका अक्षयको वास्तविक नाम राजीव ओम भाटिया हो । दमदार अभिनयबाट बलिउडमा आफ्नो पहिचान बनाउन सफल उनका पछिल्ला समय हरेक फिल्मले राम्रो कमाउने गर्दछ । ‘सौगन्ध’ बाट बलिउड डेब्यु गरेका अक्षयलाई फिल्म ‘खेलाडी’ले बलिउडमा उचाई दिलाएका थियो ।

त्यसपछि उनका ‘खिलाडीयोका खिलाडी’, ‘इन्टरनेशनल खिलाडी’, ‘खिलाडी ४२०’, ‘हेरा फेरी’, ‘अजनबी’, ‘रुस्तम’ ‘गुड न्युज’लगायत थुप्रै फिल्म आएका छन् । स्टन्ट र एक्सनका कारणले समेत चर्चित अक्षय एक्सन फिल्मको अलवा कमेडी फिल्म समेत अभिनय गर्दछन् । उनको कुल सम्पति २३६ मिलियन डलर रहेको छ । फोब्र्सको एक लिष्टमा अक्षय दुनियाँमा सबैभन्दा बढी कमाउने अभिनेताको सूची    मा चौथो स्थानमा अटाएका थिए । उनी फिल्म तथा बिज्ञापनबाट करोडौ कमाउने गर्दछन् ।

अक्षयका साथ एक सी फेसिङ्ग घर रहेको छ । जसमा उनी परिवारका साथ बस्दछन् । यसको अलवा उनीसँग ४ फ्ल्याट रहेका छन् । हरेक फ्ल्याटको मूल्य ४.५ करोड रुपैयाँ रहेको छ । अक्षयको गोवामा एक बिलासी विला पनि रहेको छ । जहाँ उनी परिवारसँग छुट्टी मनाउन पुग्ने गर्दछन् ।

उनलाई गाडीको पनि शोख छ । उनका महँगा ब्राण्डको केही गाडी छन् । बाइकमा पनि रुचि राख्ने उनीसँग बाइक कलेक्सन समेत रहेको छ । अक्षय एक प्राइभेट जेट विमानको पनि मालिक हुन् । जसको मूल्य २६० करोड (भारु) रहेको छ । अक्षयले यसको प्रयोग यात्राका लागि गर्ने गरेका छन् ।

थुप्रै सम्पत्तिका मालिक अक्षय स्वास्थ्य सबैभन्दा ठुलो धन मान्दछन् । त्यसैले पनि उनी रातीको पार्टीबाट आफुलाई सधै टाढा राख्दै आएका छन् । योग र एक्सरसाइजबाट आफुलाई फिट राख्ने उनी फिटनेसको मामलामा लाखौ मानिसको प्रेरणा हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा