शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

अभिनेत्री ऋचाको कोखबाट छोराको आगमन, बनिन् छोराकी आमा


  • KTM Khabar
  • बुधबार, भाद्र २३ २०७८
2.9K
SHARES

फाईल तस्बिर

अभिनेत्री ऋचाको कोखबाट छोराको आगमन भएको छ आज उनी छोराकी आमा बनेकी हुन । उनले आजबिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन्। काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा अपरेसनपछि जन्मिएको बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले बताए।

प्रवक्ता बास्तोलाले ऋचा र उनका छोरा दुबैको स्वास्थ्य सामान्य रहेको समेत जानकारी दिए।

ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्। भिसा गर्ल, लुट, टलकजंग भर्सेस टुल्के, उमाजस्ता फिल्मकी अभिनेत्री ऋचा पछिल्लो समय कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा निर्णायकको भूमिकामा थिइन्। गत साता डाक्टरले दिएको डेट स्वास्थ्यकै कारण कमेडी च्याम्पियन सिजन २ बाट विश्राम लिएकी थिइन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा