शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

पारस शाहको भेषमा गरेको प्रस्तुतिले भरतमणि पौडेल चर्चाको शिखरमा !


  • KTM Khabar
  • आइतबार, भाद्र १३ २०७८
3.3K
SHARES

फाइल तस्विर

पूर्व युवराज पारस शाहको भेषमा गरेको प्रस्तुति ले यती बेला भरतमणि पौडेल चर्चाको शिखरमा छन् । कमेडी च्याम्पियन सिजन २ को उपाधिका प्रमुख दाबेदार मध्येका एक प्रतिस्पर्धी भरतमणिको दमदार प्रस्तुति यति बेला सोसल साइटहरूमा भाइरल बनेको छ ।

केहि समय अघि काठमाडौंको महाराजगंजमा हेलमेट नलगाई मोटरसाइकल चलाएर हिँडिरेहेका पारस शाहलाई टाफिक प्रहरीले रोकेर सोधपुछ गर्दा ठूलो हंगामा भएको थियो । यही घटनालाई कन्टेन्ट बनाएर भरतमणीले दिएको प्रस्तुतीले यतिखेर बजार तताई रहको छ ।

प्रस्तुती हाउभाउ बोलीको लवज अनी कालो चस्मा आदीको उत्कृष्ट संयोजन बाट भरतमणीको प्रस्तुतीले वाहवाही पाइरहेको छ । उनले गरेको प्रस्तुतीमा केवल राजाका छोरा पारसलाई मात्रै व्यंग्य गरिएको छैन बरु पारसलाई देखाएर छोटे राजाहरुलाई भरतमणीले चोटिलो प्रहार गरेका छन् ।

भरतमणीले भनेका छन् पूर्व युवराजको क्यारिकेचर गर्ने सोच मेरो सिजन १ सुरु समयदेखिको प्लानिङ हो । स्वतन्त्र मानिस भएर कसरी बाँच्न सकिन्छ भन्ने एउटा उदाहरण हुन् पूर्व युवराज शाह । उहाँले जीवनमा के के गर्नुभयो, के के गर्नुपर्थ्यो व्यक्तिगत रूपमा म भन्न सक्दिनँ । सबैको आ–आफ्नो व्यक्तिगत जीवन हुन्छ । जसरी उहाँले आफ्नो जीवन जिउँदै आउनु भएको छ, त्यो एकदमै सरल छ ।

पूर्व युवराज भइसकेको व्यक्ति नेपाली जनताको माझमा सरल, सहज तरिकाले सडकमा गएर कुकुरहरूलाई बिस्कुट खुवाउनु हुन्छ । अप्ठ्यारो परेकालाई राहत दिनुहुन्छ । उहाँमा पूर्व युवराज भएको घमन्ड पनि छैन । मलाई राजा हुनु पनि छैन यतिकै ठिक छ भनेर सन्तुष्ट भएर हिँडेको भिडियो हामीले हेरिरहेका छौँ । उहाँ आफ्नो ढङ्गले स्वतन्त्र भएर हिँड्दै गर्दा खेरी उहाँको पछिल्लो समयको व्यक्तित्व मलाई निकै मन परेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा