प्रहरीले नागढुंगाबाट १५ सय एम्पुल औषधिजन्य लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।
महानगरी प्रभाग नागढुंगाले चेक प्वाईन्ट राखी काठमाडौं भित्रने सवारी साधनलाई चेकजाँच गर्नेक्रममा बिरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ४१३२ नम्बरको यात्रु बाहक बसबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट प्रहरीले डाइजीपाम ५ सय एम्पुल, नूफिन ५ सय थान र फेनेर्गन ५ सय एम्पुल गरी जम्मा १५ सय एम्पुल लागुऔषध बरामद गरेको छ ।
पक्राउ पर्नेमा पर्सा पकाहा मैनपुर गाउँपालिका-३ का १९ वर्षीय नितेश पटेल रहेका छन्। पटेललाई सोधपुछका क्रममा बारा कलैया उपमहानगरपालिका-२ घर भइ हाल कीर्तिपुर बस्ने १९ वर्षीय रविन्द्र प्रसाद कुर्मी र पर्सा सखुवापर्सौनी गाउँपालिका ३ घर भइ कीर्तिपुर बस्दै आएका २० वर्षीय फैयाज अन्सारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रभाग नागढुंगाले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।