शनिबार, साउन ९ २०८३
ताजा अपडेट

शिल्पाका व्यापारी पति राज कुन्द्राले गरेको पोर्नोग्राफीका कारण, शेट्टीसँग टाढियाे बलिउड


  • बिहिबार, साउन १४ २०७८
17.7K
SHARES

शिल्पा शेट्टी/ व्यापारी पति राज कुन्द्रा

पोर्न फिल्मको निर्माण र केही एपमार्फत प्रसारण गरेको मामलामा पक्राउ परेका अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्रा यही कारण अझ संकटमा फस्दै गएका छन् । प्रहरीले उनीविरुद्धको एक–एक प्रमाण दिनानुदिन फेला पार्दै आएको छ ।

यसको ठूलो असर अहिले अभिनेत्री शिल्पालाई नै परेको छ । शिल्पा समस्यामा पर्दा उनलाई मानसिक रुपमा कोही बलिउडकर्मी सहयोग गर्न अगाडि आएका छैनन् । शिल्पा पछिल्लो ३० वर्षदेखि बलिउडको हिस्सा छिन् र उनलाई बलिउडका धेरैले एक असल साथीका रुपमा मान्छन् ।

शिल्पा निकट स्रोतका अनुसार उनका साथी भनिएका बलिउडकर्मीहरु अहिले उनीबाट टाढिएका छन् । बलिउडका कुन कुन व्यक्तिहरुसँग उनको राम्रो सम्बन्ध छ भन्ने कुरा उनको सामाजिक सञ्जाल हेर्दा पनि थाहा हुन्छ । अहिले कसैले पनि उनको अवस्था जान्ने, बुझ्ने र उनका सन्तानका बारेमा चिन्ता व्यक्त गरेका छैनन् ।

‘यो पोर्नोग्राफी अथवा अश्लील कन्टेन्टको मुद्धा निकै तल्लोस्तरको विषय हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा