बलिउड अभिनेता आमिर खान र उनका श्रीमती किरण रावबीच सम्बन्धविच्छेद भएको छ। शनिबार खान र राव दुवैले एक बयान जारी गर्दै आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिए ।
संयुक्त बयानमा आमिर र किरणले जीवनको नयाँ अध्याय सुरुवात गर्न चाहेको बताएका छन्।
दुबैले भनेका छन्,‘१५ वर्षको सुन्दर यात्रामा हामीले आनन्दका साथ जीवनकालको अनुभव गर्यौं। हाम्रो सम्बन्ध केवल विश्वास, आदर र प्रेमका साथ अगाडि बढेको थियो। अब हामी हाम्रो जीवनको नयाँ अध्याय सुरू गर्न चाहन्छौं।’
उनीहरुले श्रीमान र श्रीमतीको सम्बन्धलाई त्यागेर अब आफ्ना छोराछोरीको सह–अभिभावकको रुपमा र भिन्दै परिवार भएर अगाडि बढ्ने बताएका छन्।
उनीहरुबाट ९ वर्ष अगाडि एक छोरा जन्मिएको थियो। छोरा आजाद खानलाई दुवैले राम्रो पालनपोषण गर्ने बताएका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।