बुधबार, साउन १३ २०७८
ताजा अपडेट

१८ वर्षपछि गंगा वरदानको ‘धराने हावा तोङ्बाको पानी’


  • KTM Khabar
  • बिहिबार, असार १७ २०७८
3.3K
SHARES

फाईल तस्बिर

१८ वर्ष पछि लोकगायक गंगा वरदान नयाँ गीत ‘धराने हावा तोङ्बाको पानी’ गीत लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । विभिन्न सांगीतिक कार्यक्रममा प्रस्तुत गरिएको यो गीतलाई गायक वरदानले लिरिकल भिडियोको रुपमा रिलिज गरेका हुन् ।

२०३५ सालमा रेडियो नेपालमा आफ्नै शब्द, संगीत र स्वरमा ‘कहाँमा काट्यो बेतको लौरी’ रेकर्ड गराएका थिए । २०५५ सालमा ‘गंगा वरदान भाग–१’, २०५७ मा ‘गंगा वरदान भाग–२’ र २०६० मा ‘गंगा वरदान भाग–३’ एलबम बजारमा ल्याएपछि उनले कुनै एलबम र गीत बजारमा ल्याएका थिएनन् ।

‘हाइकिङ बाबा’को रुपमा धरानमा परिचित तथा सेवक अभियानका अभियानकर्ता राजीव हलवाइको रचना तथा वरदानकै संगीत रहेको गीतमा सिर्जन नेपालको संगीत संयोजन तथा मिक्सिङ छ ।

उमेरले ६९ टेकेका र गीतसंगीतमा लागेको ५० वर्ष काटेका गायक वरदान आफ्ना केही पुराना गीतसमेत आफ्नो स्वरमा रि–रेकर्ड गर्ने योजनामा छन् ।
गंगाका ‘छपनीले छान’, ‘कहाँमा काट्यो बेतको लौरी’, ‘बजारै भरौ न धरानै’, ‘सुपाडी कुटुक्क’, ‘माया गर्ने बानी उल्टै गर्छ हानी’, ‘जीउको मासु’, ‘अरु नै तर्यो’लगायतका गीत लोकप्रिय छन् ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा