अभिनेता पल शाहलाई रजतपट कोसेली अभियानले ‘रियल हिरो अफ दि इयर’ बाट सम्मान गरेको छ । उनलाई मंगलबार यो सम्मानबाट सम्मानित गरिएको हो ।
उनलाई सोमबार सम्मान गर्ने भनिए पनि पल काठमाडौं बाहिर रहेकाले उनलाई मंगलबार सम्मान गरिएको हो । अभियानका संयोजक प्रकाश सुवेदीले पलले महामारीको समयमा समस्यामा परेका फिल्म प्राविधिकदेखि सर्वसाधारणहरुलाई सहयोग गरेकाले उनलाई सम्मान गरिएको बताए ।
पललाई ७ किलोको माला र सम्मान पत्र दिइएको थियो । पलको सम्मानपत्र अभिनेता भुवन केसीले वाचन गरेका थिए । अभिनेता पलले आफू सम्मानित हुन पाउदा खुशी लागेको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।