बुधबार, असार ९ २०७८
ताजा अपडेट

धरहरामा मजदुरसँग राजेश हमालले मनाए जन्मदिन


  • KTM Khabar
  • बिहिबार, जेष्ठ २७ २०७८
1.8K
SHARES

फाइल तस्विर

अभिनेता राजेश हमालले बुधबार परेको आफ्नो जन्मदिन धरहरा पुगेर त्यहाँका मजदुरमाझ केक काटेर बनाएका छन् । गत वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरामा पुगेर हमालले जन्मदिन मनाएका हुन् ।

हमालसँग उनी पत्नी मधु भट्टराई पनि धरहरा पुगेकी थिइन् । हमालले सामाजिक सञ्जालमा राखेको भिडियोमा उनी र पत्नीलाई धरहराबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्दै केक काटेको देख्न सकिन्छ ।

हमाल निकट स्रोतका अनुसार उद्घाटन भए पनि अझै निर्माण चरणमा रहेको धरहरा पुगेर त्यहाँका मजदुरलाई हौसला बढाउन जन्मदिनको केक काटिएको हो । धरहरा सर्वसाधारणका लागि खुल्ला गरिएको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा