शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चिनियाँ खोप सिनोभ्याकलाई डब्ल्युएचओले दियो मान्यता


  • बुधबार, जेष्ठ १९ २०७८
7.8K
SHARES

फाइल तस्विर

कोरोना भाइरसविरूद्ध चीनले बनाएको अर्को खोप सिनोभ्याकलाई पनि डब्ल्युएचओले मान्यता दिएको छ ।

सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने डब्ल्युएचओले जनाएको छ । यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनु पर्नेछ ।

सिनोभ्याक खोपले ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकोडब्ल्युएचओले जनाएको छ।

योसँगै अब विश्वभरि उक्त खोप वितरणका लागि स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप वितरण गर्न सक्ने भएको छ ।

अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने दाबी गरिएको छ ।

सिनोभ्याकको यो खोप चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिएको छ ।

यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सामान्य रेफ्रिजरेटरमा भण्डार गर्न सकिने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा