बुधबार, असार ९ २०७८
ताजा अपडेट

बलिउडमा अमिताभको ५२ वर्ष पुरा


  • KTM Khabar
  • सोमबार, जेष्ठ १७ २०७८
2.6K
SHARES

फाइल तस्विर

बलिउडका ‘शहंशाह’ अमिताभ बच्चनले सोमबार सोमबारबाट बलिउडमा ५२ वर्ष पुरा गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो फिल्मी यात्राको तस्वीर शेयर गरेका छन् ।

एबीपी लाइभका अनुसार उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमिताभले आफ्नो फिल्मी करियरको सुरुवात फिल्म ‘सात हिन्दुस्तानी’बाट गरेका हुन् ।

उनले राखेको तस्वीरमा हालसम्म अभिनय गरेको प्रमुख फिल्मको चरित्रलाई राखिएको छ । तस्वीरमा ‘सात हिन्दुस्तानी’ देखि लिएर रिलिज हुन लागेको उनको फिल्मसम्म राखिएका छन् ।

‘५२ वर्ष । राम्रो । यो संकलनका लागि धन्यवाद’, उनले लेखेका छन्, ‘अहिले पनि सोचिरहेको छु यो कसरी भयो ।’ उनको पोस्टमा लाइक र कमेन्टको क्रम बढ्दो छ ।

अमिताभ १५ फिल्म फेयर अवार्ड, ४ आइफा अवार्ड र पद्म श्री विभूषणबाट विभूषित तथा पुरस्कृत भइसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा