बुधबार, असार ९ २०७८
ताजा अपडेट

‘राधे’को नराम्रो समीक्षा गर्ने अभिनेतामाथि सलमान खानद्वारा मानहानीको मुद्दा दायर


  • KTM Khabar
  • बुधबार, जेष्ठ १२ २०७८
2.6K
SHARES

फाईल तस्बिर

सलमान खानले आफ्नो पछिल्लो फिल्म ‘राधे’को समीक्षाको विषयको सन्दर्भमा अभिनेता एवं फिल्म समीक्षक कमाल रसिद खान(केआरके)विरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् ।

सलमान खानको कानुनी टीमले मुम्बईको एक अदालतमा मानहानीको मुद्दा दायर गरेको स्वयं केआरकेले ट्वीटरमार्फत जानकारी दिएका छन् । सलमान खानको टीमले मुद्दाको छिटो सुनुवाइ गरिदिन अदालतसमक्ष आग्रह गरेको केआरकेले उल्लेख गरेका छन् ।

केआरकेले फिल्म रिलिज भएकै दिन समीक्षाको भिडियो सार्वजनिक गर्दै फिल्म एकदमै ‘झुर’ भएको बताउँदै फिल्म हेरेर समय खेर नफाल्न सुझाव दिएका थिए । उनले फिल्म हेरेर आफ्नो दिमाग घुमेको बताउँदै समीक्षा भिडियोमै रोएका थिए ।

केआरकेले मात्र होइन फिल्मलाई अधिकांश भारतीय मिडियाले कम रेटिङ दिएका छन् । कतिले त ०.५ रेटिङसमेत दिएका छन् । यद्यपि अधिकांशले २.५ सम्मको रिभ्यू दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा