शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

भ्रष्टाचारका निम्ति मात्रै भयो सीसीएमसी, अब सर्वपक्षीय संयन्त्र निर्माण गर्नु पर्छ : माओवादी


  • बिहिबार, जेष्ठ ६ २०७८
11.9K
SHARES

फाइल तस्विर

माओवादी केन्द्रले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको खारेज गर्नुपर्ने माग राख्ने पनि निर्णय गरेको छ  ।

पत्रकारहरु संग कुरा गर्दै नेता लिलामणि पोखरेलले भने, सीसीएमसीको त कामै छैन । यसले कुनै राम्रो काम गरेन । अनियमितता र भ्रष्टाचारका निम्ति बनेको संयन्त्र बन्न पुग्यो,’।

नेकपा माओवादी केन्द्रले कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।

यो संयन्त्र प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म निर्माण हुने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए । ‘वडा तहसम्म नै संयन्त्र बनाएर महामारी रोकथाम, उपचार तथा नियन्त्रणमा पार्टी परिचालित गर्छौं’, उनले भने ।

सीसीएमसीले महामारी रोकथाममा काम गर्न नसकेकाले माओवादी केन्द्रले सर्वपक्षीय संयन्त्र निर्माण गर्ने निर्णय पनि गरेको छ । सर्वपक्षीय संयन्त्रमा दलहरु, सरोकारवाला लगायत हुनेछन् । साथै महामारी रोकथामका लागि माओवादी केन्द्रले कोष समेत निर्माण गर्ने भएको छ । केन्द्रीय कोष बनाएर महामारी रोकथाममा सक्रिय हुने बैठकले निर्णय गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा