शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

लमजुङ भूकम्प : यस्तो छ क्षतिको विवरण


  • बिहिबार, जेष्ठ ६ २०७८
14K
SHARES

फाइल तस्विर

लमजुङमा केन्द्रविन्दु बनाएर बुधबार बिहान आएको ५ दशमलव ८ रिक्टर स्केलको भूकम्पमा ६ जना घाइते भएका छन् ।

बिहीबार बिहानसम्म प्राप्त विवरणमा ७३ घरमा क्षति पुर्‍याएको छ । घाइते ६ मध्ये एकको अवस्था गम्भीर छ ।

जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत जगदीश मिश्रका अनुसार भूकम्पले पुराना र ढुंगा माटोले बनेका कच्ची घरमा बढी क्षति भएको छ । उनका अनुसार सबैभन्दा बढी बेंसीसहर नगरपालिकामा ४० वटा घरमा क्षति भएको छ ।

कपुरगाउँका चार घर भत्किएका छन् भने अन्य तीन घरमा क्षति पुगेपछि गाउँलेलाई अन्यत्र बस्ने व्यवस्था गरिएको छ । यसैगरी, जिल्ला प्रहरी कार्यालयमा रहेको जुनियर प्रहरी र प्रहरी निरीक्षकको भान्सा घर चर्किएको छ । भान्साको काम गर्न जाखिम भएको कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

बुधबार बिहान ५:४२ बजे लमजुङ उत्तरी क्षेत्रमा रहेको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्र बनाएर भूकम्प गएयता २४ घण्टामा ८६ पटक भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा