बुधबार, असार ९ २०७८
ताजा अपडेट

मेक्सिकन सुन्दरीलाई ‘मिस युनिभर्स’को उपाधि


  • KTM Khabar
  • सोमबार, जेष्ठ ३ २०७८
4.4K
SHARES

फाइल तस्बिर

‘मिस मेक्सिको’ एन्ड्रिया मेजाले ६९ औं संस्करणको ‘मिस युनिभर्स’को उपाधि जितेकी छन् । २६ वर्षीया एन्ड्रियाले ७३ देशका सुन्दरीलाई पछि पार्दै यो उपाधि पोल्टामा पारेकी हुन् ।

एबीपीलाइभका अनुसार ५ फूट ११ इञ्चकी एन्ड्रिया सफ्टवेयर इञ्जिनियर हुन् । उनी मेक्सिकोको चिहुवाहुवा सहरकी हुन् । जहाँ उनको पुरा परिवार बस्छन् ।

उनी चिहुवाहुवाकी आधिकारिक पर्यटन दुत हुन् । एन्ड्रियाले आफ्नो ठाउँमा घुम्न आउने पर्यटकलाई त्यहाँको स्थानीय संस्कृति प्रदर्शन गर्छिन् ।

महिला अधिकारका विषयमा उनी उत्तिकै सक्रिय छिन् । उनले म्युनिसिपल इनिस्टिच्यू फर वुमेनसँग नजिक रहेर काम गरेकी छन् । संस्थाको उद्देश्य लैंगिक हिंसा अन्त्य गर्नु हो ।

उनी एक सर्टिफाइट मेकअप आर्टिष्ट र मोडल हुन् । उनी क्रसफिस र एक्स्ट्रीम स्पोर्टसको शौखिन हुन् ।

समाज र जनावरप्रति विशेष सोच राख्ने एन्ड्रिया शाकाहारी हुन् । उनी विश्वलाई नै शाकाहारी भोजनका लागि प्रोत्साहित गर्छिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा