नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाविरूद्ध समयमै खोपको व्यवस्थापन मिलाउन सरकारले नसकेको बताएका छन्।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा एकजुट हुनुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति जुटाएर जान नसकेको उनको भनाइ छ।
कांग्रेसले लुम्बिनी प्रदेशस्तरमा गरेको भर्चुअल कार्यक्रममा आज बोल्दै पौडेलले भने, ‘सरकारले कोरोना नियन्त्रण गर्न सकेन। यो सरकार असफल भयो। खोप पनि ल्याउन सकेन।’
उनले खोपलगायत व्यवस्थापन गर्न सरकार असफल भएको आरोप लगाएका छन्।
आफूहरूले डेढ महिनाअघि नै सर्वदलीय बैठकमा कोरोना नियन्त्रणका लागि सरकारलाई ध्यानाकर्षण गरे पनि सरकारले काम नगरेको उनको भनाइ छ।
साथै उनले सरकारले अन्तर्राष्ट्रिय स्तरबाट सहयोग ल्याउन नसकेको बताए। ‘भूकम्पका बेला कांग्रेसको सरकारले सहायता ल्याएको थियो,’ उनले भने, ‘कोरोनाका बेला यो सरकारले अन्तर्राष्ट्रिय सहायता ल्याउन सकेन।’
उनले अन्तर्राष्ट्रिय सहयोग जुटाउन आफू र सभापति शेरबहादुर देउवाले अपिल गरेको पनि बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।