शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पछिल्ला सात दिनमा भारतमा दैनिक संक्रमितको संख्या घट्दो


  • आइतबार, जेष्ठ २ २०७८
17.1K
SHARES

फाईल तस्बिर

कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा पछिल्ला सात दिनमा संक्रमितको संख्या अघिल्लो साताभन्दा घटेको छ।

टाइम्स अफ इन्डियाका अनुसार यो अवधिमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ। मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ। त्योभन्दा अघिल्लो साता त्यो दर २२.४ प्रतिशत थियो।

मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो।

यसले भारतमा कोरोनाको दोस्रो लहर ‘पिक’ मा पुगेर झर्न लागेको हो कि भन्न देखिन्छ। यद्यपी मृत्युदर भने अहिले पनि दैनिक चार हजारको हाराहारीमा चलिरहेको छ।

भारतमा अहिलेसम्म २ करोड ४६ लाख मानिसमा कोरोना संक्रमण भएको छ। तीमध्ये २ लाख ७० हजारले ज्यान गुमाएका छन् भने ३६ लाख अहिले सक्रिय संक्रमित छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा