शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

काठमाडौं उपत्यकामा विहान १० बजेसम्म पसल खोल्न पाइने


  • मंगलबार, बैशाख २८ २०७८
12K
SHARES

फईल तस्बिर

काठमाडौं उपत्यकामा अब विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

आम नागरिकले भौतिक दूरी काम गरेर किनमेल गर्ने गरी विहान १० बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने ।

यसअघि वैशाख २२ गतेदेखि २९ गतेसम्म विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेकोछ ।

निषेधाज्ञाको समयमा पार्टी प्यालेसमा विवाह, ब्रतबन्धजस्ता कार्य गर्न पनि नपाइने भएको छ । अब यस्ता कार्य थोरै व्यक्तिको सहभागितामा घरमै भेला भएर गर्न पराजुलीले आग्रह गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा