बुधबार, असार ९ २०७८
ताजा अपडेट

सुपरस्टार जुनियर एनटीआर कोरोना संक्रमित


  • KTM Khabar
  • मंगलबार, बैशाख २८ २०७८
5.9K
SHARES

फईल तस्बिर

दक्षिण भारतीय (साउथ) फिल्मका सुपरस्टार जुनियर एनटीआर कोरोना संक्रमित भएका छन् । अभिनेता आफैले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । जुनियर एनटीआरले ट्वीटमा लेखेका छन्, ‘ममा कोरोना पोजेटिभ देखिएको छ । चिन्ता नगर्नुस्, म ठिक छु ।’ उनले आफु र आफ्नो परिवार आइसोलेसनमा रहेको जानकारी दिँदै डाक्टरको रेखदेख र सबै नियम पालना गरेको समेत बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘पछिल्लो केही दिन यता जो जो मानिस मेरो सम्पर्कमा आएका छन् । उनीहरुले पनि आफ्नो परीक्षण गर्नुस् र सुरक्षित रहनुस् ।’ जुनियर एनटीआर भन्दा पहिले साउथ फिल्म इन्डस्ट्रीजका निर्देशक एसएस राजामौली, रामचरण, बरुण तेज कोनिडेला, तमन्न भाटिया, नागा बाबु जस्ता स्टार्स कोरोना संक्रमित भैसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा