बुधबार, असार ९ २०७८
ताजा अपडेट

किन प्रभु ?


  • विवेक विनयी
  • सोमबार, बैशाख २० २०७८
7.1K
SHARES

  • अहिलेसम्म मैले बोलेको झुटको एउटा पोको बनाउनु पर्ने भए कति ठूलो पोको बन्थ्यो होला ?

  • अहिलेसम्म ममा जागेको लोभको भाँडा बनाउनु पर्ने भए कति ठूलो भाँडा बन्थ्यो होला ?

  • अहिले सम्म मैले पोखेको रिस थुपारेर एउटै आगो बनाउनु पर्ने भए कति ठूलो आगो बन्थ्यो होला ?

  • अहिलेसम्म मैले गरेको अल्छीको डोरी बाट्नु पर्ने भए कति लामो डोरी बन्थ्यो होला ?

  • अहिलेसम्म मैले गरेको घमण्डको डाँडो बनाउन पर्ने भए कति अग्लो डाँडोे बन्थ्यो होला ?

  • एक धोका बराबर एक अंक दिने हो भने अहिलेसम्म मैले दिएको धोकाहरु जम्मै जोड्दा कति नम्बर पुग्थ्यो होला ?

  • अहिले सम्म मैले गोप्यरुपमा गरेको बेइमानीको सूचि बनाउनु पर्ने भए कति लामो सूचि बन्थ्यो होला ?

  • अहिलेसम्म मैले अरुको कुरा काटेको कुराहरु थुपारेर एउटा खुकुरी बनाउनु पर्ने भए कति ठूलो खुकुरी बन्थ्यो होला ?

  • अहिलेसम्म ममा आएको नकारात्मक विचारको पोखरी बनाउनु पर्ने भए कति ठूलो पोखरी बन्थ्यो होला ?

  • अहिलेसम्म म मा आएको निराशाको गीत लेख्नुपर्ने भए कति लामो गीत बन्थ्यो होला ?

  • अहिलेसम्म ताल न बेताल मैले खर्च गरेको समय सबै जोडेर एउटा घडी बनाउनु पर्ने भए कति ठूलो घडी बन्थ्यो होला ?

  • र अहिले सम्म म भित्र उठेको नानाथरी कामनाको सागर बनाउनु पर्ने भए कति ठूलो सागर बन्थ्यो होला ?

सोच्छु । छक्क पर्छ। विस्मित हुन्छु।
म कस्तो छु ?
मैले के के गरेँ ?
दुनियाँलाई थाहा छैन होला तर तिमीलाई त एक एक थाहा छ प्रभु।

म चाँहि अरुले एउटा गल्ती ग¥यो भने पनि रिसले जरकमरक गर्छु।
तर प्रभु तिमीले,
मैले बार बार, हजारबार एउटै गल्ती दोहो¥याइ रहँदा,
मेरो आन्द्राभूँडी थाहा हुँदा पनि
मलाई काखैमा राखेर तिमीले यतिका करुणा बर्साइ रहेका छौ।
किन प्रभु ?
किन ?
म भित्र यो ‘किन’ यति धेरै घनीभूत भएको छ।
म भन्न सक्दिन ।
एकपटक तिमीलाई नै भेटेर सोध्नुछ ‘किन प्रभु ?


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा